मंगलबार २९ बैशाख, २०८३
आज ताेलामा ६ सय रुपैयाँले घट्याे सुन
काठमाडाैंः केही दिनयता लगातार उकालाे लागेकाे सुनकाे मूल्य आज एकैदिन ६ सय रुपैयाँले ओरालाे लागेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ।
यस्तै तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
मङ्गलबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बाढेकाे थियाे भने सोमबार प्रतिताेला चार सयले बढेकाे थियाे।
कात्तिक १०, २०७८ बुधबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।