अकासिँदै यौनजन्य अपराध : बलात्कार र घरेलु हिंसाको उजुरी  उच्च

अकासिँदै यौनजन्य अपराध : बलात्कार र घरेलु हिंसाको उजुरी  उच्च

आर्थिक वर्ष २०७५/७६ मा यो बढेर २ हजार २ सय ३० पुग्यो। आर्थिक वर्ष २०७६ /७७ मा उजुरीको सङ्ख्या घटेर २ हजार १ सय ४४मा पुग्यो। आर्थिक वर्ष २०७७/७८ मा उजुरीको सङ्ख्या बढेर २ हजार ५ सय ३४ पुगेको कुँवरले बताए।

बलात्कार प्रयासका घटना समेत बढेका छन् यो बिचमा। तथ्याङ्क अनुसार बलात्कार प्रयासबारे प्रहरीमा आएको उजुरी गत वर्षको तुलनामा ६ दशमलव ९९ प्रतिशतले बढेको छ। 

बलात्कारका घटनामा प्राय नजिककै चिनजानका व्यक्ति संलग्न देखिन्छन्। प्रहरीको तथ्याङ्क अनुसार २ हजार ५ सय ३४ बलात्कारका मुद्दामध्ये २ हजार ८ सय १५ जना प्रतिवादीहरू हाडनाता सम्बन्धका छन्।

३०.८३ प्रतिशत छिमेकी छन्। समग्रमा ८२.२० प्रतिवादीहरू हाडनाता सम्बन्ध तथा नजिक चिनजानको व्यक्तिहरू रहेको प्रहरीको भनाई छ।  बलात्कारका पीडितमध्ये १० वर्ष मुनि उमेर समूहका ११.९८ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका ५३.२४ प्रतिशत र ६० वर्ष देखि माथिका १.४८ प्रतिशत छन्।

बाल विवाह र घरेलु हिंसाका उजुरी बढ्यो

कुँवरले महिला तथा बालबालिका लक्षित हुने आपराधिक घटना सम्बन्धी उजुरीको सङ्ख्या बढेको बताए। बाल विवाहको उजुरी २१.२४ प्रतिशत बढेको छ। बाल यौन दुराचारतर्फ २०.२५ प्रतिशत, बहुविवाह १६ प्रतिशत, बोक्सीको आरोप ७९.४१ प्रतिशत, अप्राकृतिक मैथुनका उजुरी ३३.३३ प्रतिशत बढेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार घरेलु हिंसाका घटना आकासिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा घरेलु हिंसाको घटना सम्बन्धी १४ हजार २ सय ३२ उजुरी परेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा यो सङ्ख्या ११ हजार ७ सय ३८ थियो। आर्थिक वर्ष ०७५/०७६ मा यो सङ्ख्या १४ हजार ७ सय ७४ थियो। तीन वर्षको तुलनात्मक विश्लेषणमा घरेलु हिंसा सम्बन्धी उजुरी २१ दशमलव २४ प्रतिशतले बढेको देखिन्छ।

यौन दुर्व्यवहार घटनामा ६६.६६ प्रतिशतले कमी आएको र मानव बेचबिखन तथा ओसारपसारका घटनामा २५.६ प्रतिशत कम भएको उनले बताए।

प्रहरीका अनुसार घरेलु हिंसातर्फ आर्थिक वर्ष २०७६/०७७  मा ११ हजार ७ सय ३८ घटना दर्ता भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा यो सङ्ख्या बढेर १४ हजार २ सय ३२ पुगेको थियो। यस्ता घटनाको उजुरी २१.२४ प्रतिशतले बढेको देखिन्छ।

हत्याका उजुरी पनि बढ्यो

प्रहरीको घटना दर्ताका आधारमा तयार पारेको तथ्याङ्क अनुसार हत्या घटना २५.५८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा  ६ सय २८ हत्याका घटना प्रहरीकोमा आई पुगेको थियो। आर्थिक वर्ष २०७५/७६ मा ६ सय ५९, आर्थिक वर्ष २०७६ /७७ मा ५ सय ५५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा यसको सङ्ख्या बढेर ६ सय ९७ पुगेको छ।

प्रहरीको तथ्याङ्क अनुसार हत्या र हत्या प्रयासका घटनामा उजुरी आउने क्रम २०.९४ प्रतिशतले बढेको छ।

सङ्गठित अपराधका उजुरी घटे

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उजुरीको सङ्ख्यालाई अपराधको सङ्ख्याको रूपमा हेर्ने हो भने सङ्गठित  अपराधका घटनामा ४६.१५ प्रतिशत कम भएको देखिन्छ।

बैङ्किङ कसुरतर्फ २८.२९ प्रतिशत , मानव बेचबिखन तथा ओसारपसारतर्फ २५.६ प्रतिशत उजुरी घटेका छन्। चोरी २.८२ र  साइबर अपराध सम्बन्धी उजुरीको सङ्ख्यामा ११.११ प्रतिशत कम भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८मा ४० हजार १ सय २०  वटा अपराधको घटना दर्ता भएको छन्। यसलाई दिनको आधारमा टुक्राउने हो भने प्रतिदिन १ सय १० वटा घटनाहरू दर्ता हुने गरेको देखिन्छ। प्रहरीको विश्लेषण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा भन्दा आर्थिक वर्ष २०७७/०७८ मा ४.२४ प्रतिशतले अपराधको उजुरी कम भएका छन्।

१३ साउन, २०७८, २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।