केपी ओलीको प्रधानमन्त्री यात्रामा ब्रेक, देउवाको यात्रा सुरु

केपी ओलीको प्रधानमन्त्री यात्रामा ब्रेक, देउवाको यात्रा सुरु

काठमाडौँ : संसद् विघटन र प्रधानमन्त्री दाबीबारे राष्ट्रपतीले गरेको दुवै निर्णय उल्टिएको छ। दुवै निर्णय बदर गर्दै संवैधानिक इजलासले संसद् ब्युँताउन र प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएको छ।

फैसला १६७ पेजको छ। ९९ पेजको ठहर खण्ड छ । फैसलामा प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा भएका काम संविधानको भावना र मर्म प्रतिकूल देखिएको उल्लेख छ।

संसद् विघटन  संवैधानिक नैतिकता अनुकूल नभएको ठहर गर्दै संवैधानिक इजलासले  प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुगेको राष्ट्रपतिको निर्णय समेत बदर गरेको छ।

'प्रधानमन्त्री पदमा देउवा सहितका १४९ जनाको दाबी नपुग्ने निर्णय संविधान अनुकूल भएन,' फैसलामा छ' राष्ट्रपतिले ८ गते भएको निर्णय र सबै काम कारबाही उत्प्रेषणको आदेशले बदरहुँदै संसद् पुनर्स्थापना गर्नु|'

फैसलामा ७ दिनभित्र  संसद् बैठक बोलाउन परमादेश जारी भएको छ। प्रधानमन्त्री ओलिले विश्वासको मत नपाएको र विश्वासको मत लिन नसकेको हुँदा ७६(५) को पदमा उनको दाबी संविधान सम्मत नदेखिएको ठहर गर्दै देउवाले गरेको दाबी नपुग्ने निर्णय बदर गरिएको छ। उपधारा ५ मा मा देउवाले गरेको दाबी स्विकार्दै आजका मितिले २ दिनभित्र  भोलि ५ बजे भित्र प्रधानमन्त्री पदमा नियुक्त  गर्न राष्ट्रपतीको कार्यालय र संसद्का नाममा परमादेश जारी गरेको छ।

सर्वोच्चले कुनै पनि सदस्य उपर आफ्नो धारणा व्यक्त गरेका कसैलाई मत दिएका कारण दल त्याग सम्बन्धी कारबाई नगराउन समेत आदेश दिएको छ।

२८ असार, २०७८, १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।