नयाँ सरकार दाबी गर्दा ३५ सांसद बढी भए :  कसले गर्‍यो किर्ते ?

नयाँ सरकार दाबी गर्दा ३५ सांसद बढी भए :  कसले गर्‍यो किर्ते ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एक सय ५३ जनाको समर्थन रहेको भन्दै नयाँ सरकार गठनमा दाबी गरेका छन्। विपक्षी दलका तर्फबाट मागवादीमा संलग्न देव गुरुङले विपक्षी गठबन्धनको पक्षमा एक सय ४९ जनाको हस्ताक्षर रहेको बताए।

यी दुवै सङ्ख्या जोड्दा सांसद सदस्य सङ्ख्या पुग्छ ३०२। तर प्रतिनिधि सभाको कुल सदस्य सङ्ख्या २ सय ७६ हो। त्यसमा चार जना सांसदको पद बर्खास्त भएका छन् भने चार जना सांसद निलम्बित छन्। यो आठ घटाउने हो भने हाल कायम सङ्ख्या २ सय ६७ हो।

तर राष्ट्रपतिकोमा  पुगेको मागवादीमा ३५ सांसदको नाम दुबैतिर देखिएको छ।

एमालेका माधव नेपाल समूहका सांसदहरूले नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले विपक्षी दललाई साथ दिएका छन्।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई एमालेका १ सय २१ र जनता समाजवादीका ३२ जनाको समर्थन आफूलाई भएको दाबी गरेर नयाँ सरकार गठनको दाबी गरेका छन्।

उता विपक्षी गठबन्धनसँग काँग्रेसको ६३ र माओवादी केन्द्रको ४९ सांसद छन्। विपक्षी गठबन्धनलाई एमालेका कति सांसद र जनता समाजवादीका कति सांसदले समर्थन गरेका छन् भन्ने सार्वजनिक भएको छैन।

यस्तोमा के गर्ने भन्ने राष्ट्रपतिको हातमा पुगेको छ। कसले कसलाई हस्ताक्षर गरेको हो सो विवाद भएमा राष्ट्रपति कार्यालयले हस्ताक्षर सनाखत गराउन सक्छ। 

७ जेठ, २०७८, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।