लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान

बुटवल : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने गरी आव्हान भएको छ। मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन आव्हान भएको हो। 

विशेष अधिवेशन आव्हानको पत्र प्राप्त भैसकेको र सभामुखसँगको परामर्शपछि सूचना प्रकाशित गर्ने प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए।

गत वैशाख ६ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

अविश्वासको प्रस्ताव दर्ता गरेका प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए।

१५ बैशाख, २०७८, ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।