सडक मानवको उद्धार गर्दै, परिवारसँग पुनर्मिलन गराउँदै 

सडक मानवको उद्धार गर्दै, परिवारसँग पुनर्मिलन गराउँदै 

उनको अवस्था थाहा पाएपछि सुर्खेतस्थित मानव सेवा आश्रमले २०७६ माघमा उनलाई उद्धार गर्याे। र, आश्रममा राखेर उपचार गर्याे। उपचारपछि उनी निको भए। र, आश्रमले उनलाई गत वैशाखमा परिवारसँग पुनर्मिलन गराइदियो। 

आश्रमले परिवारसँग पुनर्मिलन गराएका अर्का व्यक्ति हुन्, जुम्लाका विनोद भट्टराई। २०७५ माघमा जुम्लाबाटै उद्धार गरिएका उनको उपचारपछि गत कात्तिकमा परिवारसँग पुनर्मिलन गराइएको छ। 

कल्लु र विनोद मात्रै होइनन्, आश्रमले करिव सय जना सडकमा रहेका मानिसको उद्धार गरी उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइसकेको छ। 

आश्रमकी संयोजक सिर्जना वलीले सडकमा बेवारिसे जीवन बिताइरहेकालाई व्यक्तिगत, सामूहिक तथा संस्थागतरूपमा उद्धार गरिएको बताउँछिन्। आश्रममा मानसिक बिरामीलाई उद्धार गर्ने गरेको उनले बताइन्। 

‘उद्धार गरिएकाहरूलाई आश्रममा ल्याएर उपचार गराउँछौं। र, निको भएपछि परिवारसँग पुनर्मिलन गराउँछौं,’ उनले भनिन्। 

आश्रमले बुधबार र शनिबार रात्रिकालीन उद्धार गर्ने गरेको छ। 

आश्रमको कामले प्रदेश सरकारको सडक मानवमुक्त गर्ने घोषणालाई पनि सहयोग मिलेको उनको भनाइ छ। 

कर्णाली प्रदेश सरकारले २०७६ माघ ४ गते प्रदेशलाई सडक मानवमुक्त गर्ने घोषणा गरेको थियो। 

संयोजक ओलीले आश्रममा अहिले ६४ जना रहेको जानकारी दिइन्। ‘आश्रममा कर्णाली प्रदेशसँगै भारतका विभिन्न क्षेत्रका सडक मानवहरू आश्रय लिइरहेका छन्,’ उनले बताइन्। 

आश्रममा पाँच जना स्वयंसेवक छन्। स्वयंसेवकले नै आश्रममा रहेकाको सरसफाइदेखि अन्य काममा सघाउँछन्।

२ फागुन, २०७७, २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।