जातीय विभेद विरुद्ध कक्षा ९ पढ्ने साक्षातको ‘तर,म दलित’ म्युजिक भिडियो

जातीय विभेद विरुद्ध कक्षा ९ पढ्ने साक्षातको ‘तर,म दलित’ म्युजिक भिडियो

काठमाडौं :  ललितपुरको ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय साक्षात पन्तको जातीय विभेद विरुद्ध र्याप गीत सार्वजनिक भएको छ । पन्तले समाजमा भइरहेको जातीय विभेदको विरोध स्वरुप ‘तर, म दलित’ बोलको र्याप गीत गाएको बताएका छन्। जाजरकोटका नवराज विक र उनका साथीहरुलाई मारिएको घटनाले आफूलाई भित्रैबाट छोएकोले गीत लेखेको बताए।

जातकै कारण मर्नुपर्ने अबश्था आउन नहुने भन्दै  उनलेयसलाई लाई शब्दमा उतारेको बताए  । ‘गैर दलित परिवारमा जन्मे हुर्केको हुँ। तर, मलाई घर तथा विद्यालयमा सबै मानिसहरु समान हुन्छन् भनेर सिकाइएकाले नवराज लगायतका युवाहरुको हत्याले मलाई अत्यन्त दुखी बनायो । त्यही भावनालाई गीतमा उतारेको हुँ।’ साक्षातले भने।

साक्षातलाई कोरसको गायनमा अदिती अधिकारी साथ दिएकी छन्। । गीतमा अमन प्रधानले कोरस मेलोडी कम्पोज गरेका छन। संगीत संयोजन र भिडियो निर्देशन राहुल प्रधानले गरेका छन्। गीत साक्षातको यूट्युब च्यानल ‘साक्षात’ मार्फत सार्वजनिक गरिएको हो ।
 

८ भदौ, २०७७, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।