पत्रकार गिरिराज बाँस्काेटाकाे 'कञ्चनजङ्घाको काखबाट' विमोचन

पत्रकार गिरिराज बाँस्काेटाकाे 'कञ्चनजङ्घाको काखबाट' विमोचन

पाँचथर: गिरिराज बाँस्कोटाको नियात्रा सङ्ग्रह 'कञ्चनजङ्घाको काखबाट' विमोचन भएको छ। विभिन्न क्षेत्रका रङ्गीन तस्बिरसहित नियात्रा सङ्ग्रह पाँचथर सदरमुकाम फिदिममा विमोचन भएको हो।

मोटरसाइकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन्। हरेक ठाँउको यात्राका तस्बिर समेत पुस्तकमा समावेश गरिएको छ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त किताब विमोचन गरेका थिए। पछिल्ला १० वर्ष गरिएका यात्राका विषयवस्तु उक्त पुस्तकमा छन्।

चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन्। नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएका छन्।

मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताको ज्ञान ज्योति पुस्तक पसलले वितरण गर्दैछ।

२ पुस, २०७९, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।