सगरमाथा र लोत्से आरोही सशस्त्रका दुई महिला कर्मचारीलाई एक तह बढुवा गरिने

सगरमाथा र लोत्से आरोही सशस्त्रका दुई महिला कर्मचारीलाई एक तह बढुवा गरिने

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीलाई एक तह बढुवा गरिने भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सगरमाथा र लोत्से आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा तथा सगरमाथा आरोही सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने घोषणा गरेका हुन्।

शेर्पाको बढुवा प्रक्रिया तत्काल अगाडि बढाइएको छ भने कार्कीलाई न्यूनतम सेवा अवधि पुगेपछि हवल्दार पदमा बढुवा गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

सहायक हवल्दार कार्कीले जेठ ३ गते सगरमाथाको र सहायक निरीक्षक शेर्पाले जेठ ३ गते सगरमाथा तथा जेठ ४ गते लोत्से हिमालको सफल आरोहण गरेका थिए।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा हिमाल आरोहण गर्ने उनीहरू पहिलो महिला कर्मचारी हुन्। दुवै आरोहीलाई ‘एपीएफ सम्मान’बाट समेत सम्मानित गरिनेछ।

जेठ ९, २०८३ शनिबार १०:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।