गरिबलाई बाँच्न दे भन्दै बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन (तस्बिरहरू)
बुटवल : वैकल्पिक व्यवस्था नगरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूमा सरकारले डोजर चलाएको विरोधमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको उक्त प्रदर्शनमा विभिन्न जिल्लाका सुकुम्बासीहरूको उल्लेख्य सहभागिता थियो।

संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले सरकारले दीर्घकालीन योजना र विकल्पविना नै गरिबका घरटहरा भत्काएर उठिबास लगाउन खोजेकाले आन्दोलनमा उत्रिनु परेको बताए।

प्रदर्शनकारीहरूले 'डोजर आतंक बन्द गर', डोजर होइन समाधान दे, 'अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर', 'गाँस र बासको सुनिश्चितता गर' र 'गरिबलाई बाँच्न दे' जस्ता नारा लगाएका थिए। काठमाडौं उपत्यकामा सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर विस्थापित गरेपछि अन्य क्षेत्रका सुकुम्बासीहरू पनि विस्थापित हुने डरले त्रसित छन्।





जेठ ३, २०८३ आइतबार १५:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।