जङ्गली च्याउ खाँदा चितवनमा दुई बालकको मृत्यु, एक गम्भीर
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
विषालु च्याउका कारण स्थानीय श्यामबहादुर चेपाङका ९ वर्षीय छोरी नमुना र ११ वर्षीय छोरा सञ्जय चेपाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए। त्यसको दुई दिनपछि जेठ १ गते परिवारका तीन जना सदस्य गम्भीर बिरामी परेपछि उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो।
हाल भरतपुर अस्पतालमा उपचाररत, १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
जेठ ३, २०८३ आइतबार १३:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।