बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ बुढीगंगा नगरपालिका-३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।

मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।३७ बर्षीया थापा फालासैन बजारबाट घर फर्किने क्रममा भिर माथीबाट आएको ढुंगा लागेको थियो।

पैदल बाटोबाट ५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए।

उनका अनुसार,घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीको घटनास्थल पुगेको बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख ३०, २०८३ बुधबार ०९:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।