काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दियामा दुर्घटना : नौ जना घाइते, चारको अवस्था गम्भिर

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दियामा दुर्घटना : नौ जना घाइते, चारको अवस्था गम्भिर

काठमाडौं : काठमाडौंबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बर्दियामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। 

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ८ ख १९४९ नबरको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकिन नभएको प्रहरीले बताएको छ।

बस अनियन्त्रित भएर सडकमै पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख २८, २०८३ सोमबार १४:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।