एकै दिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकै दिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ।

शुक्रबारको तुलनामा आज सुन २७ सय रुपैयाँले घट्दा चाँदीमा तोलामा ६५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

शुक्रबार भने सुन तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

फागुन ४, २०८१ आइतबार ११:०४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।