रोयल इनफिल्ड महा राइड सम्पन्न

काठमाडौं : रोयल इनफिल्ड महा राइड सम्पन्न भएको छ।
जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यो यात्रा सिन्धुलीसम्म पुर्याइएको थियो।
सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राइड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउनका लागि राइड गरिएको कम्पनीको भनाइ छ।
जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो।
बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो। थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए।
साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो।
यातायात मन्त्रालयका सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए। साथै अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।
रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए।
माघ २८, २०८१ सोमबार ०८:३९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।