सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ।
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
आज प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै, हिजो चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कायम भएको छ।
मंसिर १४, २०८१ शुक्रबार १२:१०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।