वर्ष २०८० : सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीलाई, सर्वोत्कृष्ट अभिनेत्री बनिन् स्वस्तिमा (सूचीसहित)
काठमाडौं : वर्ष २०८० का लागि ‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ। बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट फिल्म’को उपाधि जितेको हो।
चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे।
त्यसक्रममा कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गर्ने फिल्म ‘बुलाकी’ले सबैभन्दा धेरै ३ विधाको ट्रफी जित्दा ‘दिमाग खराब’ दुई विधामा उत्कृष्ट ठहरियो।
कार्यक्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको उल्लेख गरे।
मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पुर्याउने उनको भनाई छ।
कुन फिल्मले कुन विधामा पुरस्कार जिते ?
सर्वोत्कृष्ट फिल्म : बुलाकी
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
सर्वोत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)
सर्वोत्कृष्ट छायांकन : शिव ढकाल (बुलाकी)
सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म : लोजिमा (लिम्बु भाषा)
प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)
सर्वोत्कृष्ट व्यवसायिक फिल्म : जारी
विशेष चलचित्र पुरस्कार : सतीदेवी, सुगुप(लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
मंसिर १२, २०८१ बुधबार १९:०१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।