बढ्दो तनावका बीच भारतीय उच्चायोगद्वारा क्यानडामा पूर्वनिर्धारित कार्यक्रम रद्द

बढ्दो तनावका बीच भारतीय उच्चायोगद्वारा क्यानडामा पूर्वनिर्धारित कार्यक्रम रद्द

एजेन्सी : क्यानडाको टोरन्टोमा रहेको भारतीय उच्चायोगले पूर्वनिर्धारित केही कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ।

भारतीय उच्चायोगका भन्यो- ‘भारतीय कार्यक्रम आयोजकलाई न्यूनतम सुरक्षा उपलब्ध गराउन असमर्थता जनाएपछि हामीले निर्धारित केही शिविर रद्द गर्ने निर्णय गरेका छौँ।’

भारत र क्यानडाको सम्बन्धमा लामो समयदेखि तनाव छ। खालिस्तानी समर्थक क्यानडेली नागरिकको हत्या र हत्या प्रयासमा भारतीय कुटनीतिज्ञ नै संलग्न भएको क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको आरोपपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ।

ट्रुडोले आफ्नो सरकारी एजेन्सीले ती कुटनीतिज्ञको संलग्न रहेको प्रमाण फेलापारिसकेको बताएका छन्। उनले आफ्नो देशको रक्षाको नागरिकका लागि क्यानडा सरकार सक्षम रहेको भन्दै आपराधिक क्रियाकलाप नहसने बताएको छ।

हालै क्यानडाको एउटा हिन्दु मन्दिरमा पनि आक्रमण भएको खबर आएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरले यस हमलाको कडा निन्दा गर्दै क्यानडा सरकारसँग कडा कारबाही गर्न माग गरेका छन्।

कात्तिक २२, २०८१ बिहीबार १२:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।