ट्रम्पले भने- देश गलत दिशामा गइरहेको छ, ह्यारिसले दिइन् आईक्यू टेस्टको चुनौती
एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन्।
अमेरिकी राज्य जर्जियामा भएको फेथ समिटमा एक प्रश्नोत्तरको सत्रमा ट्रम्पले भने, ‘अमेरिका गलत दिशामा गइरहेको छ र अमेरिकालाई जोड्ने एक मात्र कडी भनेकाे धर्म हो।’
यस क्रममा ट्रम्पले जुलाईमा आफूमाथि भएको आक्रमणपछि पनि अझै धेरै काम गर्न सक्नु चमत्कार भएको बताए।
आईक्यू परीक्षण चुनौती
अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मानसिक परीक्षणका लागि आफू तयार रहेको बताउँदै ट्रम्पलाई यस्तो परीक्षण गराउन चुनौती दिएकी छन्।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। यद्यपि निर्वाचनको क्रम भने शुरू भइसकेको छ।
यी चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ।
कमला ह्यारिस हाल अमेरिकाकी उपराष्ट्रपति समेत हुन्।
कात्तिक १२, २०८१ मंगलबार ०९:०२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।