मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँ घट्दा चाँदीमा प्रतितोला १५ रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य एक लाख ६० हजार पाँच सय रुपैयाँ थियो।
यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
असोज १५, २०८१ मंगलबार ११:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।