बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
सोमबार छापावाल सुन तोलाको एक सय रुपैयाँ बढ्दा चाँदी तोलाको पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार आज छापावाल सुन तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ थियो।
चाँदी आज तोलाको एक हजार ७५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भएसँगै त्यसको प्रभाव नेपालमा पर्ने गरेको छ।
भदौ २३, २०८१ सोमबार ११:१९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।