मंगलबार २९ बैशाख, २०८३
एक सयले घट्यो सुनको मूल्य
काठमाडौं : सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँ घट्दा चाँदीमा भने १० रुपैयाँ बढोत्तरी आएको छ।
मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
चाँदीको मूल्य १० रुपैयाँ बढ्दा तोलाको एक हजार ८२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलाको एक हजार ८१० रुपैयाँ थियो।
भदौ ४, २०८१ मंगलबार ११:१४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।