मंगलबार २९ बैशाख, २०८३
ओलीसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो।
सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ।
सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन्।
असार १७, २०८१ सोमबार ०७:४६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।