गीतकार टीका भट्टराईको पाँचौं गीतीसंग्रह ‘मुर्च्छना’ लोकार्पण

गीतकार टीका भट्टराईको पाँचौं गीतीसंग्रह ‘मुर्च्छना’ लोकार्पण

काठमाडौं : गीतकार तथा साहित्यकार टीका भट्टराई नेपालको पाँचौं गीतीसङ्ग्रह ‘मुच्र्छना’ लोकार्पण गरिएको छ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा प्रमुख अथिति विश्व वल्लभ, संगीतकार चेतन सापकोटालगायतले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका हुन्।

कृतिको लोकार्पणपछि स्रष्टाको परिचय कृष्ण सुवेदी ‘निराकर’ले गरेका थिए भने गीतसंग्रहमाथि गीतकार प्रमोद ढुंगाना र संगीतकार सन्तोष श्रेष्ठले विमर्श गरे।

कृतिमा पुर्वको झापा र माइखोलाका अलवा पुर्वका कतिपय शब्दहरूले नौलो प्रयोग भएको संगीतकार श्रेष्ठले बताए। उनले यस कृतिमा गीतका शब्दमा नयाँ प्रयोग भएको आभास आफुले पाएको बताए।

संगीतकार चेतन सापकोटाले यस गीति संग्रहमा धेरै गीतहरू राम्रा रहेको र त्यसमध्ये एउटा गीतमा आफुले संगीत भर्ने बताए। उनले कुनै समय रेडियो नेपाललाई उत्कृष्ट बनाउने योजना बोकेर आएकोमा त्यहाँका कर्मचारीले आफूलाई सिंहदरबार छिर्न नदिएको कुण्ठा पोख्दै उनले अहिले कुखुराको खोर जस्तो बनाएको आरोप लगाए।

सोही क्रममा उनले स्रष्टाको सिर्जना अब्बल भएको र विभिन्न कालखण्डमा रचिएका सिर्जनाले समयवोध गराएको बताए। कार्यक्रमका प्रमुख अतिथि विश्व वल्लभले माया र प्रेम, माटो र मुटु एवं प्रकृति अनुसार समय सान्दर्भिक रचना पस्किन सफल भएकोमा बधाई दिए।

गीतकार टीका भट्टराईले आफ्नो गीति संग्रहको लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै आफ्नो लेखन समयको मन्तव्य राखेकी थिइन्। यस  कार्यक्रमको संचालन संघका उपाध्यक्ष रमेश कोइरालाले गरेका थिए।

जेठ १८, २०८१ शुक्रबार ०९:३६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।