कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ। 

बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो।  

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ। सो माग पुरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयंम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ।

२८ बैशाख, २०८१, १८:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।