एकै दिन बाह्र सयले बढ्यो सुनको मूल्य

एकै दिन बाह्र सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार दुई सय र चाँदी तोलाको १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख ३६ हजार चार सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार हुनेछ।

सोमबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

२५ बैशाख, २०८१, १०:५५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।