'टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी'का विजेतालाई पुरस्कार

'टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी'का विजेतालाई पुरस्कार

काठमाडौं : टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ।

नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरूलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथ साथै हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योरशट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन र बजारकै सबै भन्दा कम इएमआइ तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो।

योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार पुरस्कार जितेका छन्। त्यसै गरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेकी छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५० हजार पुरस्कार जितेको कम्पनीले जनाएको छ। 

टिभिएसको देशभर १४० भन्दा बढी डिलरहरुको सञ्जाल छ।  

२२ बैशाख, २०८१, १६:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।