सुनको मूल्य तोलाको दुई हजारले बढ्यो

सुनको मूल्य तोलाको दुई हजारले बढ्यो

काठमाडौं : साताको पाँचौं दिन सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन ताेलामा दुई हजार रुपैयाँले बढ्दा चाँदी तोलामा १५ रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापाल सुन तोलाकाे एक लाख ३६ हजार पाँच सयमा रुपैयाँमा काराेबार भइरहेको छ।

तेजाबी सुनकाे मूल्य भने तोलाकाे एक लाख ३५ हजार ८५० रुपैयाँ पुगेको छ।

बुधबार प्रतितोला एक हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार ६ सय ४५ निर्धारण भएको छ।

२० बैशाख, २०८१, १२:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।