ओमोडा बन्यो युरोपमा विद्युतीय गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

ओमोडा बन्यो युरोपमा विद्युतीय गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

काठमाडौं : विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ। 

गत १९ अप्रिल २०२४ मा स्पेनमा आयोजित उद्घाटन समारोहका बीच त्यहाँका राष्ट्रपति पेड्रो सान्चेज पेरेज-कास्टेजनको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान सार्वजनिक गरिएको थियो।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा यस कम्पनीको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा इ५  को स्पेनिस बजारमा सार्वजनिक गरिएको थियो। त्यसपछि ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको बताइएको छ।

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि ओमोडा इ५ ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि काम गरिरहेको कम्पनीले जनाएको छ।  

१८ बैशाख, २०८१, १७:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।