रेमिट्यान्सको आप्रवाह विधा तर्फ एसबिआई बैंक सम्मानित

रेमिट्यान्सको आप्रवाह विधा तर्फ एसबिआई बैंक सम्मानित

काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेड रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ। 

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर गत शुक्रबार एक कार्यक्रमका बीच एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो।

उक्त प्रशंसापत्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए। 

आर्थिक वर्ष २०७९/०८० भित्र बैंक तथा वित्तीय संस्थाहरू मध्ये उक्त बैंकले विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। 

१७ बैशाख, २०८१, २०:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।