रोकिराखेको ट्रकमा पिकअप ठोक्किँदा भारतमा १० जनाको मृत्यु, २२ जना घाइते

रोकिराखेको ट्रकमा पिकअप ठोक्किँदा भारतमा १० जनाको मृत्यु, २२ जना घाइते

एजेन्सी : भारतको छत्तीसगढस्थित बेमेत्रामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ। २२ जना घाइते भए छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।

पारिवारिक समारोहमा भाग लिएर फर्किरहेकाहरू सवार पिकअप गाडी सडकमा रोकिराखेको ट्रकमा ठोक्किए दुर्घटना भएको हो।

ठक्करबाट नौ जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु भएकाहरूमा पाँच महिला र तीन बालबालिका पनि छन्।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर चार जनालाई एम्स, रायपुरमा भर्ना गरिएको छ।

१७ बैशाख, २०८१, १०:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।