लगानीका लागि नेपाल नयाँ गन्तव्य हो, लगानी विस्तार गरौं : चन्द्र ढकाल

लगानीका लागि नेपाल नयाँ गन्तव्य हो, लगानी विस्तार गरौं : चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नेपाल नयाँ गन्तव्य बन्न सक्ने बताएका छन्।

आइतबारदेखि काठमाडौंमा सुरू भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले लगानी विस्तार गर्न विश्वभरका लगानीकर्तालाई आग्रह गरे।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताए। 

विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए।

उनले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्याउने बताए।

१६ बैशाख, २०८१, ११:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।