इलाम २ अपडेट : ५१ प्रतिशत मत खस्यो, प्रमुख ४ प्रतिष्पर्धीले गरे मतदान

इलाम २ अपडेट : ५१ प्रतिशत मत खस्यो, प्रमुख ४ प्रतिष्पर्धीले गरे मतदान

काठमाडौं : इलाम २ मा हुँदै गरेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म ५१ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्म ६० हजार मतदान भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनका अनुसार प्रमुख ४ प्रतिष्पर्धी मानिएका उमेदवारहरू एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादी डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेका छन्। 

इलाम २ मा अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा मतदान जारी छ। 

त्यहाँ एक लाख १५ हजार ८८९ मतदाता छन्। 

१५ बैशाख, २०८१, १६:०८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।