आकाश चन्द र आरिफ शेखलाई समेटेर नेपाली क्रिकेट टोली घोषणा

आकाश चन्द र आरिफ शेखलाई समेटेर नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी२० सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

एसीसी प्रिमियर कप खेलेको टोलीमा ब्याटर आरिफ शेख र बलर आकाश चन्दलाई थपेर नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोली घोषणा गरेको हो।

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ।

पाँच खेलको टि२० सिरिज वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ। वैशाख १६, १९, २० र २२ गते दिउँसो सवा १२ बजेदेखि खेलहरू हुनेछन्।

१३ बैशाख, २०८१, ११:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।