कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेट, भयो द्विपक्षीय वार्ता

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेट, भयो द्विपक्षीय वार्ता
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ।

काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टीमा भेटवार्ता भएको हो। भेटवार्तापछि दुई देशबीचका प्रतिनिधिबीच द्विपक्षीय वार्ता भएको छ।

वार्तापछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

कतारका राजा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आएका हुन्।

उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै होटल सोल्टीमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए।

१२ बैशाख, २०८१, ११:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।