मलेसियन नौसेनाका दुई हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु
![मलेसियन नौसेनाका दुई हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु](https://ukeraa.prixacdn.net/media/albums/Male-Nausena_bVFCn6FoTi.png )
एजेन्सी : सैनिक अभ्यासका क्रममा मलेसियन नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार शिविर रहेको छ।
हेलिकप्टर दुर्घटनापछि उद्धार टोली काममा जुटेको छ। अहिलेसम्म उक्त दुर्घटनामा कोही बाँचेको भन्ने जानकारी प्राप्त भएको छैन।
दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए।
मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
वैशाख ११, २०८१ मंगलबार १०:५९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।