लुम्बिनीमा जसपा : २ वटा मन्त्रालय मागेको थियो, एउटा मात्र पाएपछि १५ दिनमै राजीनामा

लुम्बिनीमा जसपा : २ वटा मन्त्रालय मागेको थियो, एउटा मात्र पाएपछि १५ दिनमै राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। 

जसपाबाट विना विभागीय मन्त्री बनेका अहिरले शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएका हुन्।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए। उनका अनुसार सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने बताए।

अहिर गत चैत २५ मा मन्त्री नियुक्त भएका थिए। 

जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्। 

९ बैशाख, २०८१, १२:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।