'उपनिर्वाचनमा कसैले पैसा बाँड्न खोज्यो भने फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनु, २४ घण्टाभित्र कारबाही गर्छौँ'

'उपनिर्वाचनमा कसैले पैसा बाँड्न खोज्यो भने फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनु, २४ घण्टाभित्र कारबाही गर्छौँ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा इलाम २ मा आफूहरूले नै चुनाव जित्ने विश्वास व्यक्त गरेका छन्। 

सभापति लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जताततै घन्टी नै घन्टी देख्न थालेको टिप्पणी गरे। 

'अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ। उहाँ त जो हेर्यो उही घण्टी देखिन्छ,' उनले भने। 

उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने बताएका छन्।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले चुनावको मौन अवधिमा पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए।

उनले भने, 'चुनावको मौन अवधि पनि आउँदैछ। कसैले पैसा दिन खोज्यो भने साइडबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइ दिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा। नागरिकलाई सचेत गराउन चोक चोकमा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ। कति वटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।' 

८ बैशाख, २०८१, १७:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।