दूतावासका कर्मचारीलाई यात्रामा ननिस्कन अमेरिकाको निर्देशन

दूतावासका कर्मचारीलाई यात्रामा ननिस्कन अमेरिकाको निर्देशन

एजेन्सी : अमेरिकाले इजरायलस्थित आफ्ना वाणिज्य दूतावासका कर्मचारीलाई यात्रा नगर्न निर्देशन दिएको छ।

कन्सुलर कर्मचारी र उनीहरूका परिवारको सुरक्षालाई ध्यानमा राखेर अमेरिकाले यो कदम चालेको हो।

इजरायलस्थित अमेरिकी महावाणिज्य दूतावासले भने, ‘कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म यात्रा नगर्न भनिएको छ। सुरक्षा स्थिति तनावग्रस्त छ। राजनीतिक र पछिल्ला घटनाक्रमका कारण यो द्रुत रूपमा परिवर्तन हुनसक्छ।’

दुई अमेरिकी अधिकारीहरूले इजरायलले शुक्रबार बिहान इरानमाथि आक्रमण गरेको दाबी गरेका छन्।

इरानले शनिबार राति इजरायली भूमिमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो। इजरायलले इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको थियो।

यद्यपी इजरायलले उचित समय आएमा यो घटनाको जवाफ पक्कै दिने चेतावनी दिएको छ।

७ बैशाख, २०८१, १४:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।