एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। 

प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।  

केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो। उनलाई एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ। 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन्। तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पुर्याएका हुन्।

यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कांग्रेसका कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिएका थिए। 

६ बैशाख, २०८१, १९:४०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।