भारतीय गाडीमा नेपालको झण्डा राखेर ‘नो भोट’ भन्दै इलाम पुगे दुर्गा प्रसाईं

भारतीय गाडीमा नेपालको झण्डा राखेर ‘नो भोट’ भन्दै इलाम पुगे दुर्गा प्रसाईं

काठमाडौं : यही वैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै इलाममा ‘नो भोट’ अभियान चलाइएको छ। 

बिहीवार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरूले ‘नो भोट’ अभियान चलाएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो। सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरू सदरमुकाममा आएका हुन्।
 
सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन् र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ।

गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ। 

निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन्। 

इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन्। सभामा प्रसाईं आफैं सहभागी छन्।  

६ बैशाख, २०८१, १५:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।