लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, छ जना विना विभागीय मन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, छ जना विना विभागीय मन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले ६ जना विना विभागिय मन्त्रीहरू नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नियुक्त भएका मन्त्रीहरूको सपथ आजै साँझ ५ बजे हुँदैछ।

नयाँ मन्त्रीहरूमा दिनेश पन्थी, भुमिश्वर ढकाल, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, धर्मबहादुर चौधरी र खड्क बस्नेत रहेका छन्।

यता मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका मन्त्रीहरूलाई भने जिम्मेवारी दिएका छन्।

चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइँदा दिपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै महराले सरकारमा सहभागी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबन्डा पुर्या उने गरी लागेका छन्।

मन्त्रिपरिषद्मा सामेल नगराए एकीकृत समाजवादी र जसपाले सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन्।

नेपालको संविधानको धार १६८ को उपधार ९ बमोजिम कार्य विभाजन गर्ने गरी प्रदेश मन्त्रिपरिषद् गठनका लागि मुख्यमन्त्रीले सिफारिस गरेका हुन्।

माओवादी केन्द्र संसदीय दलका नेता महरा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

वैशाख ६, २०८१ बिहीबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।