नेपाललाई साउदीको ७४ रनको लक्ष्य

नेपाललाई साउदीको ७४ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको छ।

साउदीका ओपनर अब्दुल वाहिदले सर्वाधिक ३७ बनाए। अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका करण केसीले २ विकेट लिएका थिए। अभिनाश बोहराले २ विकेट लिए। प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

नेपालले पाँच रनमा दोस्रो विकेट गुमाइसकेको छ। पानीले पिच बिगार्दा ढिला खेेल हुँदा आठ ओभरमा झरेको थियो। नेेपाल सेमिफाइनलमा पुुगिसकेको छ।

५ बैशाख, २०८१, १५:१६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।