च्यापियन्स लिग : पीएसजीसामु बार्सिलोना स्तब्ध, डर्टमन्डले एट्लेटिको मड्रिडलाई हरायो

च्यापियन्स लिग : पीएसजीसामु बार्सिलोना स्तब्ध, डर्टमन्डले एट्लेटिको मड्रिडलाई हरायो

काठमाडौं : युईएफए च्याम्पियन्स लिगमा पीएसजी र डर्टमन्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार राति भएको खेलमा क्वार्टरफाइनलको दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।

१२औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले खेलमा अग्रता लियो। तर, २९औं मिनेटमा डिफेन्डर रोनाल्ड आराउहो सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले खेलको दुई तिहाई समय १० जनाले खेल्नु पर्यो।

४०औं मिनेटमा बार्सिलोनाले गोल खान पुग्यो। पूर्व बार्सिलोनाका खेलाडी उसमान डेम्बेलेले गोल गर्दै समग्रमा बार्सिलोनाको अग्रता दुई गोलबाट एक गोलमा घटाए।

५४औं मिनेटमा पीएसजीका भिटिन्हाले खेलमा अग्रता लिँदै समग्रमा बराबरी गर्यो। ६०औं मिनेटमा पिएसजीले पेनाल्टी पायो, जसलाई किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै पिएसजीलाई समग्रमा अग्रता दिलाए।

८९औं मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे।

उता पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो।

घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले दोस्रो लेगमा अग्रता लिँदै समग्रमा २-२ को बराबरी गर्यो।

त्यसको पाँच मिनेटपछि लेफ्ट-ब्याक इयन माट्सेनले दोस्रो गोल गर्दै समग्रमा घरेलु टोली डर्टमुण्डले अग्रता लिन सफल भयो।

४९औं मिनेटमा आत्मघाती गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले समग्रमा टाईमा बराबरी गर्यो। कर्नर किकमा मारियो हर्मोसोको हेडर पश्चात म्याट्स हुमेल्सले आत्मघाती गोल गरे।

६४औं मिनेटमा एट्लेटिकोले अर्को गोल गर्यो । रोमान रिकेल्मेको प्रहार डर्टमुण्ड गोलरक्षक कोबेललें बचाएपछि एन्जल कोरेयाले दोस्रो पटकमा गोल गर्दै एट्लेटिको लाई समग्रमा अग्रता दिलाए।

७१औं मिनेटमा डर्टमुण्डका निकोलास फुलक्रुगले हेडर मार्फत गोल गर्दै पुनः समग्रमा बराबरी गरे। त्यसको तीन मिनेट पछि डर्टमुण्डले अर्को गोल गर्यो।

मार्सेल साबिट्जरले बक्सको छेउबाट गरेको लो-ड्राइवलाई एट्लेटिको गोलरक्षक ज्यान ओबल्याकलिए बचाउन नसकेपछि पुनः डर्टमुण्ड समग्रमा अगाडि पुग्यो। अन्त्यमा सोही गोल डर्टमुण्डलाई प्रतियोगितामा जीवित राख्न पर्याप्त बन्यो।

च्याम्पियन्स लिगमा बुधबार राती थप दुई क्वाटरफाइनल दोस्रो लेगमा खेलहरु हुनेछन्। रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्दा आर्सनल र बायर्न म्युनिख भिड्नेछन्। दुवै खेलको पहिलो लेग बराबरीमा सकिएका थिए।

५ बैशाख, २०८१, ०७:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।