सेतो मच्छिन्द्रनाथको रथ असन पुग्यो, राष्ट्रपतिले दर्शन गरे

सेतो मच्छिन्द्रनाथको रथ असन पुग्यो, राष्ट्रपतिले दर्शन गरे

काठमाडौँ  : सेतो मच्छिन्द्रनाथको रथयात्रा असन पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले दर्शनसँगै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गरेका छन्।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथकाे रथयात्रा मङ्गलवार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरु भएर साँझ असन पुर्याईएकाे हो।

विशेषतः वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरु हुन्छ।

४ बैशाख, २०८१, २२:५४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।