मधेश : कांग्रेस, जनमत र लोसपा सांसदले गरे तोडफोड र बहिष्कार, तर मुख्यमन्त्रीले पाए विश्वासको मत

मधेश : कांग्रेस, जनमत र लोसपा सांसदले गरे तोडफोड र बहिष्कार, तर मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथोपटक विश्वासको मत पाएका छन्। 

मंगलबार उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा बैठकमा सहभागी ६१ जनामा सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। 

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्री यादवले ६१ सांसदको मत पाए।

तर, प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिष्कार गरेका थिए। त्यसअघि ती दलका सांसद सदनमा तोडफोड समेत गरे। 

जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए।

विवादपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

यद्यपि प्रतिपक्ष दलको बहिष्कारका बाबजुद पनि सभामुख मण्डलले उनीहरूलाई पेलेर अघि बढे। विश्वासको मतको प्रक्रिया अगाडि बढाए।

यता, यसअघि मधेश प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका दिइसकेका छन् भने उनको राजीनामा मंगलबार नै स्वीकृत भएको छ।

४ बैशाख, २०८१, २१:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।