मिरा र सन्दीपको अवकाशपछि रिक्त हुने ठाउँमा उमेशराज र भीमको नाम सिफारिस

मिरा र सन्दीपको अवकाशपछि रिक्त हुने ठाउँमा उमेशराज र भीमको नाम सिफारिस

काठमाडौँ : नेपाल प्रहरीमा रिक्त हुने एआइजीको दुई पदमा बढुवाका लागि दुई डिआइजीको नाम सिफारिस भएको छ। बढुवा सिफारिस समितिले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

३० वर्षीय सेवा अवधि बाँकी भए पनि पद अनुसारको उमेर अवधीका कारण एआइजी मिरा चौधरी वैशाख ६ र सन्दीप भण्डारी वैशाख ४ बाट अवकाशमा जाँदैछन्। एआइजीको अवकाशको उमेर ५६ वर्ष हो। उनीहरूको अवकाशसँगै रिक्त हुने पदमा बढुवाका लागि दुई डिआइजीको नाम सिफारिस गरिएको हो।

बढुवा सिफारिसपछि नियुक्तिसम्ममा १५ दिनको समय लाग्छ। अवकाशसँगै रिक्त हुने पदमा तत्काल बढुवा सिफारिस निकालिएको हो। नियमित बढुवाहुँदै प्रहरी सङ्गठनमा एआइजी पदसम्म पुग्न सफल मिरा दोस्रो महिला प्रहरी अधिकृत हुन्। उनी अगाडि उनकै ब्याचकी किरण बज्राचार्य एआइजी भएकी थिइन्। किरण बढुवामा पर्दा उनी बढुवामा छुटेकी थिइन्।

४ बैशाख, २०८१, १३:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।