एसीसी प्रिमियर कपमा कतारले साउदी अरेबियालाई दियो १५४ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा कतारले साउदी अरेबियालाई दियो १५४ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कतारले साउदी अरेबियालाई १५४ रनको लक्ष्य दिएको छ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानको नम्बर १ टर्फमा भएको मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कतारले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५३ रन जोड्यो।

समूह ‘ए’मा रहेको कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ४३ रनको पारी खेले। ४४ बलको सामना गरेका उनले तीन चौका लगाए।

यस्तै, साहजक जमिल ३८, सक्लेन अर्सद २३, मोहम्मद अनाफ १२, कामरन खान ११ रनमा आउट भए। त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

साउदी अरेबियाका इस्तियाक अहमद, उस्मान खालिद र उस्मान नजीबले  दुई-दुई तथा अतिफ उर-रहमान ले विकेट लिए। कतारी कप्तानी तनवीरलाई मनन अलीले रनआउट गरे भने उस्मान नजीबले अर्को रनआउट गरे।

आजको खेलमा साउदी अरेबियाले कतारलाई हराए सेमिफाइनलको सम्भावना बलियो बनाउनेछ भने कतारले भने साउदीसँगको अर्को खेलमा निर्भर हुनुपर्नेछ।

४ बैशाख, २०८१, १३:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।