'यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरेको छ, प्रतिष्ठाको लागि पनि कांग्रेस जिताउन लाग्नुस्'

'यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरेको छ, प्रतिष्ठाको लागि पनि कांग्रेस जिताउन लाग्नुस्'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्वाचनले दिने बताएका छन्।  

सोमबार उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले यो उपनिर्वाचन कांग्रेसले जित्नैपर्ने विषय बनेको बताए। 

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन्। सबैको मनोबल बढाउनुपर्ने छ। हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ उनले भने।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए।

कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरूले मन दुखाउन नहुने बताए।

यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै उनले कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए। 

यही वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ। एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधनपछि उक्त प्रतिनिधि सभा सदस्य पद रिक्त थियो।

३ बैशाख, २०८१, १९:५७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।