आज संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

आज संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौं :  आज संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। 

सरकारले  आज रातीबाट संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको र आजको कार्यसूचीमा कुनै फरक नपर्ने  संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। 

बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्भावित कार्यसूचीका बारेमा छलफल गरिने गिरीको भनाइ छ।

गिरीका अनुसार आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन्।

आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। यद्यपि यसउपर निर्णय लिन काङ्ग्रेसको संसदीय दलको बैठक आज बिहान ८ बजे बस्दैछ।

त्यसअघि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।  

कांग्रेसले सहकारी ठगी प्रकरणमा आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान कायम राखेको छ। 

यस्ता छन् संसदको कार्यसूची :
 

२ बैशाख, २०८१, ०७:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।